भाषण गर्दागर्दै राजपा नेता चौधरीको निधन

भाषण गर्दागर्दै राजपा नेता चौधरीको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय उपाध्यक्ष राजवंशी चौधरीको निधन भएको छ ।

शनिबार ललितपुरमा पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा अचानक हृदयाघात भएर उनको निधन भएको पार्टीका महासचिव केशव झाले बताएका छन् ।

उनले भनेका छन, ‘हिजो पार्टीको लालितपुर जिल्लाद्वारा आयोजित तथा मा. महेन्द्र राय यादवज्युको प्रमुख आतिथ्यमा चल्दै गरेको कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष बारा निवासी श्री राजवंशी चौधरी ज्युको बोल्ने क्रममै हर्ट अटेक भै निधन भएको छ ।’

बारा घर भएका करिब ६० वर्षिय चौधरीको शव अहिले उनको शव मेडिसिटी अस्पतालमै राखिएको र नेताहरू जाने क्रम जारी रहेको राजपा महासचिव झाले जानकारी दिए ।