काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विदेश विभागको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका प्रमुख नेपाल भ्रमणमा अआउने भएका छन् ।
विदेश विभाग प्रमुख सोङ ताओ चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि उनी तिन दिने भ्रमणमा आज मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
चिनियाँ सरकारका वरिष्ठ मन्त्री समेत रहेका सोङले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रभानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेलाप लगाएत शिर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन् ।
राष्ट्रपति सी असोज २७ गते नेपाल भ्रमणमा आउँदैछन् ।




प्रतिक्रिया