नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच औपचारिक सम्बन्ध स्थापना भएको छ ।

मंगलबार मध्यान्ह होटल म्यारिअटमा विदेश विभाग प्रमुख माधव नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पनि उपस्थितिमा हस्ताक्षरीत उक्त समझदारीपत्रमा दुवै पार्टीबीच सहयोग, सहकार्य, भ्रमण र गोष्ठीहरू गर्ने विषय समेटिएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।