चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : चीनले बीआरआईमा नेपालको थप प्रतिबद्धता खोज्न सक्ने

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : चीनले बीआरआईमा नेपालको थप प्रतिबद्धता खोज्न सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल भ्रमणमा आउने तयारी गरेका चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो महत्वाकांक्षी परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई)लाई थप जोड दिन सक्ने बुझिएको छ । सरकारका तर्फबाट चिनियाँ राष्ट्रपतिको भ्रमणको विषयमा आधिकारिक पुष्टि नभए पनि चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका प्रमुख सोङ ताओको भ्रमणले वातावरण बनाइरहेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेता सी चिनफिङको विचारधाराको विषयमा नेपालका कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षित गराउनुले नेपाललाई चीनले आफ्नो पक्षमा तान्न खोजेको बुझिन्छ । अमेरिकाले नेपाललाई इन्डो प्यासिफिक रणनीतिक योजनाको परिचय खण्डमा राख्नुले पनि चीनलाई चस्का पसेको छ ।

यसअघि चिनियाँ राष्ट्रपतिले साँध–सिमाना जोडिएका सबै मुलुकको भ्रमण गरे पनि युद्धग्रस्त क्षेत्र अफगानिस्तान, बर्मा र नेपाल भ्रमणलाई प्राथमिकतामा राखेका थिएनन् । चिनियाँ राष्ट्रपतिले सन् २०१८ को मार्चमा चिनियाँ राष्ट्रिय जनकंग्रेसले दोस्रो कार्यकालका लागि पनि अनुमोदन गरेपछि राष्ट्रपति सी चिनफिङले डेढ वर्षमा २१ वटा अन्तर्राष्ट्रिय भ्रमण गरे पनि नेपाल अहिलेसम्म प्राथमिकतामा पर्न सकेको थिएन ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग ३ पुस २०७५ मा वासिङ्टन डीसीमा भएको भेटवार्तामा नेपाललाई सो रणनीतिको हिस्साका रूपमा तान्न खोजेका थिए । अमेरिकी विदेश मन्त्रालयले ज्ञवालीको भ्रमणपछि जारी वक्तव्यमा नेपाल सो रणनीतिको केन्द्रमा रहेको उल्लेख छ । परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिकी विदेशमन्त्रीसँगको भेटपछि चीनले नेपालको विषयमा चासो दिएको हो ।याे खबर राजधानी दैनिकमा छ ।