काठमाडौं – सरकारले प्रहरी महानिरीक्षक(आइजिपी) सर्वेन्द्र खनालको अमेरिका भ्रमण अस्वीकृत गरेको छ। उनको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै सरकारले विदेश भ्रमण रोकिदिएको स्रोतले बतायो।
हरेका वर्ष २६ देखि २९ अक्टोबरसम्म अमेरिकाको सिकाँगाेमा विश्वका प्रहरी प्रमुखको सम्मेलन हुँदै आएको छ। सम्मेलनमा केही वर्षयता प्रहरी अधिकारीहरुको नियमित सहभागिता हुँदै आएको छ।
तर, सरकारले नै यस वर्ष महानिरीक्षकको भ्रमण रोकेको छ। मगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमण सम्बन्ध प्रस्ताव अस्वीकृत गरभएको हो। प्रहरी महानिरीक्षकको विदेश भ्रमणबाट स्वीकृत हुनुपर्छ। चिलीमा १६ अक्टोबरदेदि हुन लागेको सम्मेलनमा भने महानिरीक्षक खनाल जाने सम्भावना रहेको छ। याे खबर नयाँ पत्रिका दैनिकमा छ ।




प्रतिक्रिया