काडमाडौं – एकाबिहानै जनकपुरमा प्रहरीले गोली प्रहार गरि लुटेराको समूहलाई नियनत्रणमा लिएको छ ।
जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ पसलमा लुटपाट गर्दागर्दै चार जनाको समूहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना रौतहटका बासिन्दा छन् । भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो. इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहटको वृन्दावन नगरपालिका घर भएका ३५ वर्षीय गगन पटेल र गौर नगरपालिका ४ का ४५ वर्षीय बिनोद प्रसाद सिंह पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट हतियार समेत बरामद भएको छ ।
बिहीबार विहान करिब साढे ३ बजे पसलको सटर फोडेर लुटपाट गर्न लाग्दा प्रहरीले देखेपछि उनीहरु भाग्न खोजेका थिए । तर ३ राउण्ड गोली चलाएर उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक लुटेरको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टामा गोली लागेको छ ।




प्रतिक्रिया