आर्थिक वृद्धिदर ६ प्रतिशत रहने

आर्थिक वृद्धिदर ६ प्रतिशत रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आर्थिक बृद्धिको लक्ष्य संशोधन गर्दै ६ प्रतिशतमा सीमित गरेको छ।

मन्त्रालयले बुुधबार बजेटको अर्धवार्षिक समीक्षा गरी ६ प्रतिशत भन्दा बढीको संशोधित आर्थिक बृद्धिको लक्ष्य राखेको हो।

सरकारले चालु आवको बजेटमा ७.२ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य लिएको थियो। तर,  बजेटको अर्धवार्षिक समीक्षाअनुसार बाढीका कारण वर्षे बालीमा परेको नकारात्मक असरका कारण लक्ष्यभन्दा केही कम आर्थिक वृद्धि हुने देखिएको हो।

त्यसैगरी समीक्षा अवधिमा ३।५ प्रतिशत मुद्रास्फ्रीति कायम रहेको र चालु आवको अन्त्यसम्ममा ६ प्रतिशत रहने अनुमान गरिएको छ। मुद्रास्फ्रीति ७ प्रतिशतमा राख्ने लक्ष्य लिइएको थियो ।

यस अवधिमा वैदेशिक रोजगारको संख्या १.८ प्रतिशतले घटेको र विप्रेषण आप्रवाहमा पनि ०.५ प्रतिशतले ह्रास आएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्थवार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी कूल वस्तु निर्यात १३।४ प्रतिशतले वृद्धिभएको, वस्तु आयातमा १५ प्रतिशतले बढेको र कूल व्यापार घाटा १५.१ प्रतिशतले वृद्धि भई चार खर्ब ९३ अर्ब २ करोड पुगेको छ।

शोधनान्तर स्थिति रु ६ अर्ब ६६ करोडले घाटामा र चालु खाता ७ अर्ब ७१ करोडको घाटा रहेको छ। विदेशी विनिमय सञ्चितिमा १।१ प्रतिशतले कमी आई १० खर्ब ६७ अर्व ३४ करोड रहेको प्रतिवेदनमा उल्लेख छ।

अपेक्षित रुपमा विकास खर्च हुन नसक्नु, राजश्व असूलीमा शिथिलता, बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा ह्रास, शोधानान्तर घाटा र चालु खर्च घाटा लगायतका कारणले ७ दशमलव २ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्न कठिन देखिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।