काठमाडौं – सशस्त्र प्रहरी बलमा एआईजीको दरबन्दी थप्न लविङ सुरु भएको छ । सशस्त्र स्रोतले दिएको जानकारीअनुसार एआईजीको दरबन्दी थपका लागी राजनीतिक वृतमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले लविङ सुरु गरेका हुन् । सशस्त्रमा हाल दुई जना एआईजीको दरबन्दी छ ।
दुई जनाको दरबन्दीमा तीन जना एआईजी पुष्पराम केसी, नारायणबावु थापा र रामशरण पौडेल कार्यरत छन् । उनिहरु तीनै जनाले काम नपाइरहेको बेला अर्का एक डिआईजीलाई एआईजी बनाउन तिव्र दौडधुप सुरु भएको हो । सशस्त्रमा अहिले पनि एकजना एआईजी कानुनअनुसार बिनादरबन्दी काम गरिरहेका छन् ।
त्यसमाथि यही सरकारले निर्णय नै गरेको छ कि, तीनमध्ये कोही पनि व्यक्ति कुनै कारणले सेवाबाट अलग भएमा त्यो ठाउंमा कसैको पुर्ति नहुने । अर्थात, पछिल्लो दुई दरबन्दी खालि भयो भने मात्र सशस्त्रमा एआईजी पदपूर्ति हुन्छ । तर, दरबन्दी थपका लागी दौडधुप भने तिव्र छ ।
सशस्त्र प्रहरी महानिरीक्षक खनाल एआईजी दरबन्दी थपको लागी गृहमन्त्रालय धाइरहेका मात्र छैनन् । सत्तारुढ दलका नेताहरुको घरदैलो धाउने काम समेत सशस्त्रकै उच्च अधिकारीहरुबाट भइरहेको छ ।
सशस्त्र महानिरीक्षक खनालको सचिवालयमा कार्यरत डिआईजी सुरज श्रेष्ठलाई एआईजी बनाउन खनाल स्वयंम् लविङमा छन् । उनिहरु दुवै जनाको निकट सम्बन्ध छ । श्रेष्ठ पनि सुदुरपश्चिमका नेताहरुलाई लिएर सत्तारुढ दलका नेताहरुकोमा पुगेको स्रँेतको दाबी छ । श्रेष्ठसहित डिआईजी बावुराम पाण्डे र अरविन्द धिताल पनि आगामी पुस १६ मा अवकास पाउने सुचीमा छन् । उनिहरुमध्ये श्रेष्ठ भने एआईजीको दरबन्दी ल्याउनको लागी चर्को दौडमा छन् ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सशस्त्रको एआईजीको दरबन्दी कटौती गरेको थियो । तत्कालिन एआईजीहरुले सरकारले दरबन्दी खारेज गरेपछि फाजिलमा बढुवा भएका पांच एआईजीले राजिनामा दिएका थिए । डिआईजी धिताल भर्खरै मात्र भ्रष्ट्राचारको मुद्दा जितेर फर्केका छन् । उक्त मुद्दामा उनी संलग्न नभए पनि सशस्त्रका पुर्व आईजीहरु तानिएपछि धिताललाई पनि मुद्दा लगाइएको थियो । उनि मुद्दाको टुंगो नलाग्दा करिव २ वर्ष जिम्मेवारीविहिन भएर बसेका थिए । धितालमाथी अन्याय हुंदा उनको वृतिविकासमा नै असर परेको छ ।
सशस्त्र प्रहरीमा एआईजीको दरबन्दी थपबारे गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले यसबारेमा अनभिज्ञता प्रकट गरे । यता नेपाल प्रहरीमा समेत एआईजीको संख्या तीन जना छ भने गूप्तचरमा एक जनाको मात्र दरबन्दी छ ।
श्रेष्ठलाई महानिरीक्ष्ँक बनाउनलाई दरबन्दी थपको खेल भइरहेको छ । तर, उनको एआईजीमा बढुवा हुने सम्भावना भने निकै कम छ । आईजिपीको सचिवालयमा कार्यरत श्रेष्ठले बढुवाको फारम भरेको भए ०७४ माघमा नै सशस्त्रको एआईजी हुने अवसर थियो । तर उनले तत्कालिन अवस्थामा एआईजी बन्ने कुरालाई भन्दा डिआईजी भएर आईजीपी खनालको वरीपरी बस्ने विषयलाई मात्र प्राथमिकता दिए । जस्का कारण उनिभन्दा जुनियरले एआईजी हुने अवसर पाएर पनि अवकास पाइसकेका छन् । आफु एआईजीमा बढुवा नभए आगामी पुषमा अवकास पाउने बुझेका श्रेष्ठले यो विचमा डिआईजीको पदावधी ६ वर्ष बनाउने काममा पनि सक्रिय भए । तर, गृहले यो प्रस्ताव दोहो¥याएर नल्याउनु भनी फिर्ता पठायो ।
गृह उच्च स्रोतकाअनुसार अहिले फेरी बिशेष पद सिर्जना गरेर भएपनि उनलाई एआईजी बनाउन तिव्र लविङ भइरहेको छ । त्यसमा नेता र उचपदस्थ अधिकारी संलग्न छन् । ‘सुरक्षा फौजमा विधी बनाउनेभन्दा पनि आफुलाई चित्त बुझेकालाई बढुवा गर्न दरबन्दी बढाउने/घटाउने काम भइरहेको छ, जुन कुरा राम्रो होईन ।’ गृहका एक उच्च अधिकारीले भने । सुरक्षा निकायमा लामो समयदेखी दरबन्दी मात्र बढाउने तर, क्षमता अभिवृद्धि र व्यवसायिकतामा ध्यान नदिएका कारण संगठनहरुको भुमिका कमजोर सावित हुंदै आएको छ ।




प्रतिक्रिया