चीनमा हुने विश्व सैन्य खेलकुद प्रतियोगितामा नेपाली सेना सहभागी हुने

चीनमा हुने विश्व सैन्य खेलकुद प्रतियोगितामा नेपाली सेना सहभागी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेना ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने भएको छ । चीनको युहान प्रान्तमा हुने उक्त प्रतियोगितमा सेना पहिलो पटक सहभागी हुन लागेको हो । नेपाली सेनाका महासेनानी शशीकिरण रायमाझीले आगामी कार्तिक १ गतेबाट सुरु हुने प्रतियोगितामा नेपाली सेना पहिलो पटक सहभागी हुन लागेको जानकारी दिए ।

अन्तर्रा्ष्ट्रिय सैनिक खेलकुद परिषदको आयोजनामा हुन् लागेको उक्त प्रतियोगितामा नेपाली सेना १३ वटा विधामा भाग लिनेछ । महासेनानी रायमाझीकाअनुसार सेनाले बिच बलिवल, मोर्डन पन्टाथलन, आर्चरी, घोडचढी, जुडो ब्याटमिन्टन, बक्सिङ, तेक्वान्दो, कुस्ती र ट्रयाक एण्ड फिल्डलगायतका खेलमा भाग लिनेछ ।
खेलकुदको माध्यामबाट विश्वमा शान्ति स्थापना गर्ने मूख्य उद्देश्यका साथ अन्तर्रा्ष्ट्रिय सैनिक खेलकुद परिषदले यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

यो खेलकुद प्रतियोगितामा १०५ राष्ट्रका १० हजार ७१९ जना खेलाडीहरु सहभागी हुनछन् । प्रतियोगिताको उदघाटन सत्रमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल पनि सहभागी हुने महासेनानी रायमाझीले जानकारी दिए ।