चिप्लेढुङ्गा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा नापी कार्यालय कास्कीमा कार्यरत सर्भेक्षक सन्तोष भण्डारीलाई नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीसँग जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर घुस मागेको भन्ने सूचना एवं उजुरी परेपछि अख्तियारले भण्डारीलाई पक्राउ गरेको हो ।
भण्डारीलाई पोखरा कार्यालयबाट खटेको टोलीले पोखरा महानगरपालिका–९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान चलिरहेको टोलीले जनाएको छ ।




प्रतिक्रिया