नेपाल र भारतको भ्रमण गर्नुअघि बेइजिङमा सी जिनफिङ र इमरान खानबीच भेटवार्ता हुंदै


एजेन्सी– पाकिस्तानका प्रधानमन्त्री इमरान खान चीन भ्रमणमा जाने भएका छन् । खान प्रधानमन्त्रीमा निर्वाचित भएपछि यो उनको तेस्रो चीन भ्रमण हो ।
अन्र्तराष्टिय व्यापार परिषदकाअनुसार खान ७ अक्टोम्बरमा दुई दिने चीन भ्रमणको लागी बेइजिंग पुग्नेछन् । उनले चिनियां राष्ट्रपति सी जिनफिङ र प्रधानमन्त्री लि कछयांङगसंग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री खानले चिनियां नेतृत्वसंग चाइना पाकिस्तान इकोनोमिक प्रोजेक्टको वारेमा समेत छलफल गर्नेछन् । ६० विलियन डलरको लागतमा सन् २०१५ मा सुरु भएको सिपेक परियोजनाको पहिलो चरण लगभग पुरा हुन लागेको छ । कश्मिर मुद्दाको विषयलाई लिएर भारत र पाकिस्तानबीच तनाव वढिरहेको बेला खानको चीन भ्रमण हुन लागेकोे हो । चीन पाकिस्तानको घनिष्ट मित्र हो । कश्मिर मुद्दामा चीनले पाकिस्तानलाई साथ दिंदै आएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीसंगको भेटपछि चिनियां राष्ट्रपति सी भारत र नेपालको भ्रमणमा आउंदैछन् । उनले भारतिय प्रधानमन्त्रीसंग दक्षिण भारतमा अनौपचारिक वार्ता गर्नुअघि खानसंग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सी अक्टोम्बर ११ देखी १३ मा नेपाल र भारतको भ्रमणमा निस्कदैछन् । त्यसको औपचारीक मिति भने चीनले अहिलेसम्म घोषणा गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement