चिनियां राष्ट्रपतिको भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अझै दरिलो बनाउंछ : पूर्व परराष्ट्रमन्त्री पाण्डे

चिनियां राष्ट्रपतिको भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अझै दरिलो बनाउंछ : पूर्व परराष्ट्रमन्त्री पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले चिनियां राष्ट्रपतिको दुई दिने भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अझै दरिलो र कसिलो बनाउने सुनाए । उनले भने,‘चीन हाम्रो छिमेकी, अत्यन्तै घनिष्ठ र भरपर्दो मित्र हो, चीनको राष्ट्रपतिको भ्रमण हुंदैछ, यो खुशीको कुरा हो ।’

चीनबाट २३ वर्षसम्म यो स्तरको नेपाल भ्रमण हुन नसक्नुको कारण नेपालमा राजनीतिक स्थायित्व नहुनु नै प्रमुख कारण रहेको उनको भनाई थियो ।

रिपोर्टर्स क्लब नेपालले सीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा शुक्रबार आयोजना गरेको साक्षात्कारमा उनले चिनियां राष्ट्रपति सीको भ्रमणको लक्ष्य भनेको नै मित्रताको गाँठोलाई अरु कसिलो, दरिलो बनाउने र सम्बन्धलाई नयां उचाईमा पुर्याउने रहेको स्पष्ट पारे । पुर्वमन्त्री पाण्डेले नेपाल र चीनबीच एक–आपसमा पारस्परिक लाभका आधारमा सम्बन्ध राख्नुपर्ने बताए ।

चिनियां राष्ट्रपति सीको भ्रमणमा रसुवा–काठमाडौको बाटो नम्बर एक प्राथमिकतामा परेको पनि उनले सुनाए । सीको यो भ्रमणमा रेलवे ल्याउनेबारे छलफल हुने र सहमति हुनेपनि उनले विश्वास व्यक्त गरे । उनले भारत र चीनलाई फरक फरक आंखाले हेर्न नहुने पनि तर्क गरे ।