काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने र जाने समय त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अन्तर्रा्ष्ट्रिय उडान तथा अवतरण रोकिने भएको छ । उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारिएको छ ।
त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गरेर शनिबार साढे दुई घण्टा तथा आइतबार साढे दुई घण्टा उडान तथा अवतरण प्रभावित हुने जानकारी दिएको हो । भिभिआइपी मुभमेन्टका लागि एनओटिएम (नोटिस टू एअरम्यान) जारी गरिएको विमानस्थलका प्रवक्ता प्रताव बाबु तिवारीले बताएका छन् ।
शनिबार दिउँसो २ बजेर ५५ मिनेटदेखि बेलुका पाँच बजेर २५ मिनेटसम्म उडान तथा अवतरण प्रभावित हुनेछ । उडान तथा अवतरण स्थगित हुँदा ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन् । उडान तालिका प्रभावित हुने एयरलाइन्समा नेपाल एयरलाइन्सदेखि एयर अरेवियासम्म छन् ।
विमानस्थलका अनुसार, तालिका परिवर्तन भएका विमानहरूलाई अन्य समयमा मिलाएर उडाइने छ । त्यस्तै, चिनियाँ राष्ट्रपति फर्किने दिन आइतबार बिहान पनि विमानस्थलको अन्तर्रा्ष्ट्रिय उडान रोकिने भएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रवक्ता तिवारीका अनुसार, आइतबार बिहान ११ः२० देखि १३ः५० बजेसम्म अन्तर्रा्ष्ट्रिय उडानका विमानहरूको उडान प्रभावित हुनेछ । जसका कारण ५४ विमानको उडान रोकिने विमानस्थलले जनाएको छ ।





प्रतिक्रिया