काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियां राष्ट्रपति सी चिनफिङसंग एक्लाएक्लै भेटवार्ता गर्ने भएका छन् ।
नेताहरुले चिनियां राष्ट्रपतिसंग एक्लै भेट्ने चाहना व्यक्त गरेको स्रोतको दाबी छ । तर, वैठकमा चिनियां पक्षबाट भने पुर्व स्टेट काउन्सिलर याङ जिची,सहित ७ जना सहभागी हुनेछन् । टोलीमा डिङ्ग सुईसियाङ, विदेशमन्त्री वाङ यी, ही लिफेङ्ग र नेपालस्थित चिनियां राजदूत हो यान्छीलगायत छन् ।

नेकपाको तर्फबाट विदेश विभाग प्रमुख समेत रहेका माधव नेपालसहित सचिवालयका सदस्यहरु सहभागी हुनेछन् । सचिवालयमा रहेका मन्त्रीहरुको हकमा भने अझै टुंगो लागिसकेको छैन् । नेकपाका अध्यक्षसहितको टिमका लागी चिनियां पक्षले २० मिनेट समय दिएको छ । चिनियां राष्ट्रपति सीले ‘वान टु वान’ भेटवार्ता गर्ने सम्भावना भे नरहेको स्रोतको दाबी छ ।
‘उहांले आफ्नो पक्ष्ँबाट अरु नेताहरु वा स्टाफ राखेर भेट्नुहुन्छ, नेपाली पक्षको त मलाई थाहां भएन्, मैले बुझेअनुसार उहांले वान टु वान भेट गर्ने कार्यक्रम छैन् ।’ चिनियां स्रोतले काठमाडौंपाटीलाई भन्यो ।

नेकपाका अध्यक्ष प्रचण्डसहितको प्रतिनिधीमण्डलसंग राष्ट्रपति सीले आइतबार बिहान साढे १० :३० देखी १०ः ५० सम्म २० मिनेट होटल सोल्टीमा भेटवार्ता गर्ने तय भएको छ । त्यसैगरी पुर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासंग आजै रात्रिभोजअघि ७ मिनेटजती शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले पनि २ मिनेटजति शिष्टाचार भेट गर्ने बताइएको छ । देउवा पनि सीसंगको भेटमा एक्लै सहभागी हुने तयारीमा रहेको कांग्रेस नेता प्रकाशरण महतले जानकारी दिए । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसंग पनि राष्ट्रपति सीको सामुहिक रुपमै भेट्ने तयारी छ ।




प्रतिक्रिया