उदयपुरमा आमाछोरीको विभत्स हत्या

उदयपुरमा आमाछोरीको विभत्स हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयरपुर – उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति आमाछोरीको विभत्स हत्या भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया शारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो।

शनिबार बिहानमात्रै चौधरीका छिमेकीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो। घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए।

मृतकको श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको र हत्या गर्ने व्यक्ति अझै पत्ता नलागेकाले सुनसरीबाट तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। रासस