नेपाल–चीन औपचारिक वार्ता सुरु, महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर हुँदै

नेपाल–चीन औपचारिक वार्ता सुरु, महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता सुरु भएको छ ।

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीचको शिष्टाचार भेटवार्तापछि दुईपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता होटल सोल्टीमा सुरु भएको हो । उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै देशका उच्च अधिकारी सम्मिलित उच्चस्तरीय वार्तालाई प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपतिले सम्बोधन गरेका छन् । वार्तापछि केही महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

शनिबार अपराह्न नेपाल आएका सीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति देउवा, नेकपा अध्यक्ष प्रचण्ड लगायत नेकपाका शिर्ष नेताहरुसँग सामूहिक भेटवार्ता गरेका थिए । सी आइतबार मध्यान्ह नै स्वदेश फर्किने कार्यक्रम छ ।