चिनियाँ राष्ट्रपति सी-प्रचण्ड भेट : गोवा वैठकबारे किन भयो चर्चा ?

चिनियाँ राष्ट्रपति सी-प्रचण्ड भेट : गोवा वैठकबारे किन भयो चर्चा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं महामहिम राष्ट्रपति सि जिनपिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डबीच आज भेटवार्ता भएको छ आज बिहान साढे दश बजे राजधानीस्थित होटल सोल्टीमा करिब आधा घण्टा भएको भेटवार्ता सौहार्दपुर्ण र सकारात्मक रुपमा सम्पन्न भएको छ भेटवार्ता दुई देश र दुई देशका कम्युनिष्ट पार्टीका सम्बन्ध र विकास बारे छलफल भएको थियो अध्यक्ष प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा भएको चीनको भ्रमण, त्यस पछिका भ्रमण र गोवामा भएको भेटवार्ताको स्मरण गर्नुभयो अध्यक्षले चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले नेपाल र नेपाली जनताका लागि गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभयो

अध्यक्षले चीन जस्तो छिमेकी पाउँदा आफूलाई गर्व महसुश भएको पनि बताउनुभयो उहाँले दुई कम्युनिष्ट पार्टी बीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त र्गनुभयो उहाँले भन्नुभयो, ‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामि दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु

अध्यक्ष प्रचण्डले बिआरआईमा हस्ताक्षर गरी नेपाल र चीन बीचको सम्बन्धमा नयाँ युगको सुरुवात भएको बताउनुभयो उहाँले दुबै देश र जनताको हितको निम्ति समयसीमा निर्धारण गरी आयोजनाहरुको छनौट र तीब्र क्रियान्वयनमा जोड दिनुपर्ने बताउनुभयो विकास बिना राजनैतिक स्थायित्व हासिल गर्न नसकिने बताउनुहुँदै समृद्ध चीन नेपालका लागि अवसर भएको उहाँको भनाई थियो

राष्ट्रपति सी जिनपिङले दुबै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो राष्ट्रपति सीले नेपाली जनताले कम्युनिष्ट पार्टीलाई हृदयदेखि मन पराएको बताउनुहुँदै समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ,’ राष्ट्रपति सीको भनाई थियो उहाँले कम्युनिष्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउनुहुँदै यसलाई अझै मजबुत बनाउनुपर्ने कुरा गर्नुभयो राष्ट्रपति सी र अध्यक्ष प्रचण्डबीचको भेटमा पार्टीका सचिवालय सदस्यहरुको पनि उपस्थिति रहेको थियो