राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशको सम्बन्ध नयाँ उचाईमा : प्रधानमन्त्री ओली

राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशको सम्बन्ध नयाँ उचाईमा : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबाट दुई देशको सम्बन्धले नयाँ उचाइ र गतिशिलता पाएको बताएका छन् ।

राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेलगत्तै सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले राष्ट्रपति सीको नेपाल भ्रमण भव्य रुपमा सफल भएको बताउँदै सीको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रूपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ । प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गरी नेपाल र नेपाली जनताप्रति देखाउनु भएको सद्भाव र सदिच्छाका लागि सीप्रति आभार व्यक्त गरेका छन् ।

धानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण भव्य रुपमा सफल पार्न सहयोग गर्नुहुने सम्पूर्णमा आभार व्यक्त समेत गरेका छन् । ‘भ्रमणलाई अभूतपूर्व रुपमा सफल पार्न लागि पर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु’ उनले लेखेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिबार नेपाल आएका सी पछिल्लो २३ वर्षमा नेपालको भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपति हुन् ।