काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त करिब डेढ सय मत गन्न बाँकी हुँदा ३५ मतले अगाडि देखिएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यभन्दा पन्त ३५ मतले अगाडि देखिएका हुन् ।
अहिलेसम्मको गणनाअनुसार पन्तले ५ सय ३ र आचार्यले ४ सय ४० मत ल्याएका छन् । बिहीबार राति अबेरबाट सुरु मतगणना जारी छ ।
कूल २ हजार ५७० मतदातामध्ये २३० जना मतदानका बेला अनुपस्थित थिए । कूल ४२ पदका लागि भएको निर्वाचनमा ७५ जनाले उम्मेदवारी दिएका थिए ।
अस्ट्रेलियासहित ओसेनिया क्षेत्रबाट २११, अफ्रिकाबाट १६, एसिया प्यासिफिकबाट ४६२, मध्यपूर्वबाट ४७०, युरोपबाट ९२० र अमेरिका क्षेत्रबाट २६१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।




प्रतिक्रिया