प्रधानमन्त्री ओली कात्तिक ७ गते अजरबैजान जाने, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री ओली कात्तिक ७ गते अजरबैजान जाने, यस्तो छ कार्यतालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली कात्तिक ७ गते अजरबैजान जाने भएका छन् ।

कुनै शक्ति गुटमा नलागेका राष्ट्रहरुको अभियान, असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली बिहीबार अजरबैजानको राजधानी बाकु प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कात्तिक ८ देखि ९ सम्म चल्ने शिखर बैठकमा नामका १२५ सदस्य राष्ट्रसहितको सहभागिता हुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले केहि उच्च स्तरीय भेटघाट समेत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्यका साथै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शंकर बैरागीसहित उच्च पदस्थ अधिकारी सहभगी हुदै छन् ।