सिन्धुली – विपत व्यवस्थापनमा सहयोग गरेको भन्दै सुनकोशी गाउँपालिकाले नेपाली सेनालाई सम्मान गरेको छ ।
गाउँपालिकाको वडा नम्बर १, बसेरीमा वर्षासँगै माथिको भीरबाट आएको ढुङ्गाका कारण विस्तापित भएको २१ घरपरिवारलार्ई पुनः स्थापना गर्न सफल भएकाले नेपाली सेना, बर्दबहादुर गणका गणपति राजिव थापालाई गाउँपालिकाले सम्मान गरेको हो ।
गणले काली सिद्धि गणको प्राविधिक सहयोगमा विपत व्यवस्थापन गणसँगको समन्वयमा असोज १४ देखि १८ सम्म लगातार ढुङ्गा विष्फोट गराएर विस्थापित २१ घरपरिवारलाई पुनः स्थापना गराउन सफल भएपछि गाउँपालिकाले शनिबार विशेष कार्यक्रम गरि नेपाली सेनाका बर्दबहादुर गण, काली सिद्धि गण, विपद व्यवस्थापन गणसहित जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई सम्मान गरेको हो ।




प्रतिक्रिया