नेपाली सेनाद्धारा विपद व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

नेपाली सेनाद्धारा विपद व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालिकोट – नेपाली सेनाले कालिकोटमा विपद व्यवस्थापनको तालिम दिन सुरु गरेको छ । कालिकोट जिल्लाका ९ वटै स्थानिय तहका युवा, राजनीतिक दलका नेता, जनप्रतिनिधि लगाएत सरोकारवालाहरुलाई नेपाली सेनाले सामुदायिक विपद व्वस्थापन सम्बन्धी तालिम दिन थालेको हो ।

नेपाली सेनाको रणसुर गुल्म कालिकोटले आइतबारदेखि खाँडाचक्र नगरपालिकाको समन्वयमा जिल्ला सदरमुकाममा सञ्चालन गरेको उक्त तालिम चार दिनसम्म चल्नेछ । उक्त तालिममा आइतबार खाँडाचक्र नगरपालिकाका जनप्रतिनिधि, स्थानीय युवा क्लवका पदाधिकारी, राजनीतिककर्मी लगायत ४८ जना सहभागी थिए । जिल्लामा हुने सम्भावित विपद् र त्यसको रोकथामको विषयमा तालिममा छलफल गरिएको थियो ।

कालिकोटलाई बाढी, पहिरो, आगलागी, सडक दुर्घटना र भूकम्पको जोखिम क्षेत्रको रुपमा मानिन्छ । तालिमको क्रममा बाढी, पहिरो, आगलागी, सडक दुर्घटना र भूकम्पमा नागरिकलाई कसरी जोगाउने, खोज तथा उद्धार कसरी गर्ने, प्राथमिक उपचार, घाइते तथा शवको व्यवस्थापन बारे सिकाइने नेपाली सेनाले जनाएको छ ।