डिभीले बढायो राहदानी बनाउनेको भीड, एकै दिनमा तीन हजार आवेदन 

डिभीले बढायो राहदानी बनाउनेको भीड, एकै दिनमा तीन हजार आवेदन 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राहदानी विभागमा राहदानी बनाउने भीड अस्वभावित रुपमा बढेको छ। सोमबार आवेदनको संख्या करिब तीन हजार पुगेको छ। यसअघि दैनिक बढीमा ५०० आवेदन पर्दै आएको थियो।

दशैंलगत्तै दैनिक हजार हुँदै सोमबार अत्याधिक वृद्धि भएको हो। त्यसलाई सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले १० कर्मचारी काजमा खटाएको छ।

राहदानी बनाउन आउने अधिकांशको धारण छ, ‘अमेरिकी डिभीले गर्दा दुःख पाइयो। राहदानी नम्बर नभए डिभीको फारम स्वीकार हुँदैन रहेछ।’ असोज १५ मा खुलेको डिभी २०२१ को कार्यक्रम कात्तिक १९ मा सकिन्छ। याे समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।