बीस वर्षअघि ज्युँदै मान्छे झुन्ड्याउँथे आलम

बीस वर्षअघि ज्युँदै मान्छे झुन्ड्याउँथे आलम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – २०६४ सालमा बम विस्फोट र त्यसका घाइतेको सामूहिक हत्या गरेको आरोपमा १२ वर्षपछि पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताव आलम त्यसभन्दा अघि पनि अपहरण, शरीर बन्धक तथा कुटपिटको घटनामा संलग्न रहेको पुष्टि भएको छ ।

२०५६ सालमा वनराज्यमन्त्री रहेका आलमले रौतहटका तत्कालीन जिविस सदस्य जयप्रकाश कौशलको अपहरण गरी उनलाई बन्धक बनाएका थिए । त्यही अपहरण काण्डका विषयमा तत्कालीन एमालेले संसद् अवरुद्ध पारेपछि सरकारले पुनरावेदन अदालतका तत्कालीन न्यायाधशि गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा अधिवक्ताद्वय अग्नि खरेल र शेरबहादुर केसी सदस्य रहेको न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले आलमलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो । आयोगको प्रतिवेदन बुझेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आलमलाई राज्यमन्त्रीबाट हटाएका थिए । त्यसबेला उनी राज्यमन्त्री पदबाट मात्र हटे, घटनामा संलग्न भएबापत् उनीमाथि थप कारबाहीको प्रक्रिया भने अघि बढेन । आयोगले दिएको प्रतिवेदन पनि सरकारले सार्वजनिक गरेन । त्यस्तै घटनाबाट उन्मुक्ति पाउँदै आएका आलमले २०६४ सालको चुनावअघि अर्को झन् ठूलो ‘अपराध’ गरे ।

२०५६ चैत १७ गते । रौतहटको जिल्ला विकास समितिमा आएको, तत्कालीन वनराज्यमन्त्री आलमका निकट महताव आलमसहितको एउटा समूहले सभापति रामचन्द्र राउतको कार्यकक्षबाट जयप्रकाश कौशललाई अपहरण गरे । त्यसका लागि उनीहरूले जिविस परिसरमा रहेको ना अ झ ४४१ नम्बरको सरकारी गाडी प्रयोग गरेका थिए । जाँचबुझका क्रममा उक्त सरकारी गाडी जिल्ला वन कार्यालयको भन्ने पुष्टि भयो । याे समाचार कान्तिपुर दैनिकमा छ ।