काठमाण्डु – नेकपा एमालेले पार्टीको सचिवालय र कार्यदलको बैठक बोलाएको छ ।
कार्यदलको बैठक असोज ४ गते बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । केन्द्रीय सचिवालयको बैठक दिउँसो १:०० बजे बस्ने जनाइएको छ ।
एमालेले केन्द्रीय कमिटीको बैठक पनि बोलाएको प्रचार विभाग प्रमुख निरज आचार्यले बताए । उनका अनुसार केन्द्रीय कमिटीको बैठक असोज ५, ६ र ७ गते ललितपुरको भनिण्डलस्थित रामबाग महलमा बस्नेछ ।




प्रतिक्रिया