बैंक ठगीमा ५६ विरुद्ध मुद्दा

बैंक ठगीमा ५६ विरुद्ध मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – दाङको देवः विकास बैंक नारायपुर शाखाबाट भएको झन्डै १८ करोड रुपियाँ हिनामिनामा सञ्चालकहरूकै संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीको झन्डै दुई महिना लामो अनुसन्धानपछि ६ जना बैंक सञ्चालक, कर्मचारी र खातावालासहित ५६ जनाविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ।

सञ्चालक समितिका ६ जना, ७ कर्मचारी र ४३ खातावालाविरुद्ध मुद्दा दर्ता गरिएको छ । यसरी मुद्दा दायर गरिएकामा तत्कालीन वेस्टर्न बैंक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी, सञ्चालकहरू खड्ग बुढाथोकी, बेगमबहादुुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटा र अर्जुन बुढाथोकी रहेका छन्।

वेस्टर्न बैंक मर्जर भएर देवः विकास बैंक भएको थियो।यस्तै मुुख्य दोषी तत्कालीन शाखा प्रबन्धक समीर बुढाथोकी, बैंकका कर्जा विभाग प्रमुुख अनिल न्यौपाने, सीईओ खिमबहादुुर डिसीलगायत छन्। याे खबर समाचारपत्रमा छ ।