राष्ट्रपति भण्डारी स्वदेश प्रस्थान, राति ९ बजे काठमाडौं ओर्लिने

राष्ट्रपति भण्डारी स्वदेश प्रस्थान, राति ९ बजे काठमाडौं ओर्लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फिर्ता हुने भएकी छन् । जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी भई राष्ट्रपति भण्डारी आज बिहान टोकियोस्थित हानेबा विमानस्थलबाट स्वदेशतर्फ प्रस्थान गरेकी हुन् ।

उनलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले बिदाइ गरेका छन् ।

राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा.हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी सहभागी छन् ।

राष्ट्रपति भण्डारी चीनको गोन्जाव हुँदै राति नौ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण हुने कार्यक्रम छ ।