नेकपाका अर्का नेता पनि यौन काण्डमा मुछिए, टेलिफोन सम्वाद छताछुल्ल

नेकपाका अर्का नेता पनि यौन काण्डमा मुछिए, टेलिफोन सम्वाद छताछुल्ल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेकपाका अर्का नेताको टेलिफोनमा भएको यौन संवाद छताछुल्ल भएको छ ।

दुईवटी वैधानिक श्रीमती हुँदाहुँदै नेकपा कैलालीका अध्यक्ष तथा प्रेदशसभा सदस्य रतन थापाको तेस्री महिलासँगको टेलिफोन रेकर्ड सार्वजनिक भएको छ ।

थापाले ती महिलालाई डार्लिङ मात्रै भनेका छैनन्, पटक पटक यौन सम्बन्ध राखेको पुष्टि हुने गरी छिल्लिएका छन् ।

आठ मिनेट लामो टेलिफोन संवादको संक्षिप्त रुप यस्तो छः

महिलाः किन फोन काटेको ?

थापाः घरबाट छोरो आएको थियो बोलाउन । त्यसैले काटेको के । घर नजिकैको होटलमा अलिअल खाँदैछु ।

महिलाः बूढी कता छन् ?

थापाः घरमै ।

महिलाः तपाईं माया नै गर्नुहुन्न ?

थापाः किन गर्दिन, गर्छु त ।

महिलाः रक्सी खाएको बेला मात्रै त हो, म हजुरले भनेको बेला भेट्न आउँछु ।

थापाः अरे बाबा माया गर्छु क्या । हजुरजस्तो जहाजमा आउने हैसियत छैन । बरु भनिबक्स्योस् कहिले आऊँ ?

महिलाः म भोली नै आउनु भन्छु ।

थापाः ल ल टिकट पाए भोली नै आउँछु ।

महिलाः खोइ माया गर्नुहुन्न ।

थापाः सबै भइसकेको छ, अनि कस्तो माया चाहियो ?

महिलाः त्यत्ति मात्रै हो र माया भनेको ?

थापाले मेरो जीवनमा तिमी बाहेक अरु कोही छैनन्सम्म भन्न भ्याउँछन् ।

साथीहरुसित छु, सबै चिज गरिसकेको छु, अब कस्तो माया चाहियो भन्दा महिला अरुको अघि आफ्नो कुरा भनेकाले होला रिसाएर फोन काट्छिन् ।

थापा रक्सी खाँदै गरेका आफ्ना साथीहरुसँग भन्छन्, ‘महिलाहरु आफ्ना कुरा खोल्दा यस्तै गरेर रिसाउँछन्। यो महिला अर्बपति छ, नेवार समुदायकी हो । निकै राम्री पनि छ । यिनीहरुको अष्टे«लियातिर समेत कारोबार छ । श्रीमान छैन । एक छोरी छ । मैले नेपालगञ्ज आऊ भन्नेबित्तिकै काठमाडौँबाट जहाजको टिकट काटेर आइहाल्छे ।’

दुई बिवाह गरेका थापाले जेठी श्रीमती र दुई छोरालाई अंशसमेत नदिएर अलपत्र पारेका छन् भने कान्छी श्रीमती टीकालाई लम्कीचुहा नगरपालिकाको उपमेयर बनाएका छन् । यो खबर जनआस्था साप्ताहिकमा प्रकाशित छ ।