नेवार समुदालयले आज भाइटीका लगाउँदै

नेवार समुदालयले आज भाइटीका लगाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेवार समुदालयले बुधबार (आज) किजा पूजा (भाइटीका) लगाउँदै छन् ।

तिथि विवादका कारण भक्तपुर र ललितपुरका नेवार समुदायले मंगलबार नै भाइटीका लगाए पनि काठमाडौंमा भने बुधबार भाइटीका लगाउन लागिएको हो । नेवार समुदायको आग्रहमा सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ ।

बुधबार किजा पूजा गर्ने समुदायले भने मंगलबार मात्र म्हःपूजा गरेका छन् । बिहान नेपाल संवत् ११४० को स्वागत गर्दै नेवारहरुले बेलुकी म्हःपूजा गरेका हुन् ।

नेवार समुदायको स्वन्ति (तिहार) अन्तर्गतको म्हःपूजा गैरनेवार समुदायबीच पनि सुपरिचित हुँदै गएको छ । कीर्तिपुर, बनेपा, पाटन दरबार लगायतका स्थानमा सामूहिक म्हःजा आयोजना गर्ने गरिन्छ।