भक्तपुरमा बसले ठक्कर दिँदा १ जनाको मृत्यु, दुई घाइते

भक्तपुरमा बसले ठक्कर दिँदा १ जनाको मृत्यु, दुई घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको कमलविनायकमा भयानक दुर्घटना भएको छ । मंगलबार बेलुका बा ४ ख ६०७ नम्बरको बसले पैदलयात्रु र मोटरसाइकललाई ठक्कर दिँदा एक पैदलयात्रुको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

घाइते भएका पैदलयात्री काभ्रे डाँडाबारी ३ का २० वर्षीय विकास तामाङको उपचारको क्रममा मध्यपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट पैदलयात्रु भक्तपुर गुण्डुका विशाल तामाङ र मोटरसाइकल चालक कागेश्वरी मनहरा–१ का ३० वर्षका प्रकास सुनुवारको मध्यपुर अस्पतालमा उपचार भैरहेको छ । बस चालकलाई भने प्रहरीले पक्राउ गरेको छ ।