सप्तरीमा १५ किलोको अजिङ्गर भेटियो

सप्तरीमा १५ किलोको अजिङ्गर भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१२, कोशी बाँधमा मंगलबार राति १५ किलोको अजिङ्गर फेला परेको हो ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयले कोशी बाँधमा अजिङ्गर देखेपछि इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए । दबर पाएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको अजिङ्गर इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखिएको छ ।

यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब सात फिट लामो र १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो ।