काठमाडौं – जुवा खालबाट शनिवार राति पक्राउ परेका ६ जना ‘भीआइपी’ जुवाडेलाई अदालत उपस्थित गराइएको छ ।
आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेपछि त्यसको सुनुवाइका लागि उनीहरुलाई अदालत उपस्थित गराइएको हो ।
पक्राउ परेका २५ मध्ये ६ जनाका आफन्तले उनीहरुलाई गैरकानूनी रुपमा प्रहरीले थुनेको भन्दै आइतबार सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
प्रहरीले आइतबार बिहान महाराजगञ्जको पिपलमार्गबाट २५ जना जुवाडेलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ नगद, ३ लाख रुपैयाँ बराबरको बैंक चेक, कौडा र चेक बूक बरामद गरेको थियो ।




प्रतिक्रिया