बुटवल – गएराति गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।
मुसिकोट नगरपालिका–९, अर्लाङकोटमा लु१च ३५१४ नम्बरको जिप दुर्घटनामा मृत्यु हुनेमा चालक ज्ञानबहादुरका सासु मसुरी विक र अर्लाङकोटका अन्दाजी ७५ वर्षीय रामप्रसाद खरेल रहेका छन् ।
घाइते हुनेहरुमा चालक ज्ञानबहादुरका श्रीमती, छोरीसहित तीन जना रहेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काका अनुसार चालक ज्ञानबहादुरलाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया