काठमाडौं – नेपालका लागि ब्रिटेनकी नवनियुक्त राजदूत निकोला पोनिटले नेपाली भाषा सिक्न थालेकी छन् । नवनियुक्त राजदूत पोलिटले आफ्नो कार्यवाहक औपचारिक रुपमा सम्हाल्नु अघिनै नेपाली भाषा सिक्न थालेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुअघिनै उनले नेपालका बिभिन्न स्थानको भ्रमण गर्ने, लण्डनस्थित नेपाली समुदायका नेताहरु, नेपाली व्यवसायीहरुसंगको भेटघाट र अन्तरक्रिया लगायतका गतिविधीलाई तिब्र पारेकी छन् । यसै बीच बुधबार लण्डनमा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै नव नियुक्त राजदूत पोलिटले दुवै देशबीच छिट्टै दोहोरो कर हटाउने सम्बन्धि सम्झौता गर्न गृहकार्य भै रहेको बताइन् ।
‘नेपाल ब्रिटेनको पुरानो मित्र हो र राजदूतको रुपमा मैले ब्रिटेनको मात्रै हैन, नेपालको पनि हित हेरेर काम गर्ने छु’, उनले भनिन् । आफु हालै गोर्खा वेलफेयर ट्रस्टको निम्तोमा बुटवल, पोखरा, धरान लगायतका सहरहरु पुगेको बताउँदै श्रीमती पोलिटले सडक नभएका कतिपय गाउँहरुमा आफु हिडेरै पुगेको बताइन् ।




प्रतिक्रिया