प्रधानमन्त्रीका सुरक्षा गार्डलाई सेनाको जिम्मा लगाइयो

प्रधानमन्त्रीका सुरक्षा गार्डलाई सेनाको जिम्मा लगाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा गार्ड राजेन्द्र शाही पक्राउ परेका छन् । उनी नेपाली सेनाका मेजर हुन् । जुवाखालमा समातिएका उनीसँगै प्रहरीले १ लाख ५९ हजार रुपैयाँ पनि जफत गरेको छ ।

हिजो प्रहरीले टोखाबाट उनीसहितका जुवाडेलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले मेजर शाहीलाई नेपाली सेनाकहाँ बुझाइसकेको जनाएको छ ।

काठमाडौं प्रहरी परिसर टेकुले शाहीसहित थप ८ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, धर्म शाही,किरणजंग शाह, निरज राणा र जितबहादुुर गुरुङ रहेका छन् ।