गुल्मीमा तीनओटा बेवारिसे शव भेटियो

गुल्मीमा तीनओटा बेवारिसे शव भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा बेवारिसे अवस्थामा तीनओटा शव फेलापरेको छ । एक महिला र दुई बालकका शव फेलापरेको हो ।

शनिबार बिहान चन्द्रकोट गाउँपालिका–३, पोखरीमा ती शव भेटिएको प्रहरीले जनाएको छ ।

अन्दाजी २७ वर्षीया महिला र अन्दाजी ७र८ वर्षका बालकका दुईओटा शव फेलापरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए ।

मृतकको सनाखत भइसकेको छैन । कच्ची सडकबाट करिब चार मिटर पर महिलाको शव भेटिएको थियो ।

महिलाको शव भेटिएको स्थानबाट करिब एक मिटर पर दुई बालकका शव फेलापरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवलाई ‘पोस्टमार्टम’का लागि जिल्ला सदरमुकाम ल्याइँदैछ ।