कांग्रेस नगर समितिका पूर्व सभापति केदारलाल श्रेष्ठको निधन

कांग्रेस नगर समितिका पूर्व सभापति केदारलाल श्रेष्ठको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा – नेपाली काँग्रेस धनकुटा नगर कार्य समितिका पूर्व सभापति केदारलाल सिंह श्रेष्ठको निधन भएको छ । दुई वर्ष अघिदेखि मृगौलासम्बन्धि समस्याबाट ग्रसित श्रेष्ठको ८४ बर्षको उमेरमा गएराति १ बजे निधन भएको हो ।

धनकुटाको भीमनारायण चोक घर भएका श्रेष्ठ काठमाडौँ बस्दै आएका थिए । काठमाडौँमै उनको निधन भएको काँग्रेस धनकुटाका सचिव बिजय सन्तोषी राईले जानकारी दिए । श्रेष्ठको पार्थिव शरिरमा नेताहरुले पार्टीको झण्डा ओढाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टीले जनाएको छ । श्रेष्ठका श्रीमतिसहित दुई छोरा र तीन छोरी छन् ।