काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले ७७ वटै जिल्ला कमिटीको एकीकरण टुंग्याएको छ ।
शनिबार युवा संघ कार्यालयमा बसेको बैठकले भागबण्डा टुंगो लगाउनुका साथै किरण पौडेलको नेतृत्वमा एक निर्वाचन परिचालन समिति गठन गरेको छ । जसको सदस्यहरुमा प्रभात कटवाल, ज्ञानेन्द्र गुरुङ्, पुष्प ओली, रोशन बस्नेत, प्रकाश गौतम, नविन खड्का र प्रकाश लामिछाने रहेका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै युवा संघले ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाउने र साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष पाउने गरी सहमति भएको जनाएको छ । त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवासंघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ ।
संघले कात्तिक ३० गते समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने निर्णय पनि गरेको छ । युवा संघ नेपालले मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारलाई विजयी गराउन आम जनसमुदाय तथा युवाहरुलाई अपिल गरेको छ ।








प्रतिक्रिया