काठमाडौं – तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई धम्की दिएर विवादमा तानिएका इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि छानबिन गर्न समिति गठन भएको छ ।
प्रदेश ५ प्रहरी कार्यालय र प्रहरी हेडक्वाटरले शाहीमाथि छानबिन गर्न दुई अलग–अलग समिति गठन गरेका पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए । आइतबार गठन भएको समितिलाई १० दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन दिन समय दिइएको डिआइजी शाहले जानकारी दिए ।
प्रदेश ५ प्रहरी कार्यालयले प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । प्रहरी हेडक्वाटरले पनि एसएसपी उमेश जोशीको नेतृतवमा अर्को समिति गठन गर्ने तयारी गरेको छ । डीएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए ।




प्रतिक्रिया