काठमाडौं – दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दोलखाबाट काठमाडौंका लागि छुटेको बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशी नदीमा खसेको हो ।
घटनास्थलमा पाँच जनाको शव फेला परेको छ। एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी माधव काफ्लेले जानकारी दिए । त्यस्तै १५ जनाको उद्दार गरेर एम्बुलुन्समार्फत अस्पताल पठाइएको सन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् ।
बसमा ४० जना यात्रु रहेको अनुमान गरिएको प्रहरीले बताएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।




प्रतिक्रिया