काठमाडौं – सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डा. कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिको सिफारिसमा मन्त्रिपरिषदले कोइरालाको नाम सिफारिस गरेको हो । डा. कोइराला मुटु रोग विशेषज्ञ हुन् । उनी यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए ।




प्रतिक्रिया