काठमाडौं – दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दोलखाबाट काठमाडौंका लागि छुटेको बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशी नदीमा खसेको हो । ३ महिला र १ पुरुष गरि ४ जनाको शव नदीबाट निकालिएको छ । त्यस्तै १५ जनाको उद्दार गरेर एम्बुलुन्समार्फत अस्पताल पठाइएको सन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् ।
बसमा ३५–४० जना यात्रु रहेको अनुमान गरिएको प्रहरीले बताएको छ । अहिले घटनास्थलमा प्रहरीसहित स्थानीयले उद्दारकार्य जारी राखेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।




प्रतिक्रिया