सिन्धुपाल्चोक – मागा देउरालीबाट काठमाडौं जाँदै गरेको शैलुङ्गेश्वरीयातायातको बा२ख ७२४५ नम्बरको बस आइतबार मध्याह्न सिन्धुपाल्चोकको सुकुटेनजिकै सुनकोसीमा खस्दा १७ जनाको मृत्यु भएको छ।आइतबार राति अबेरसम्ममा १ पुरुष, ७ महिला, ४ बालक र २ बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।
उहाँका अनुसार मृतकमध्ये १४ जनाको पहिचान खुलेको छ भने यो समाचार तयार पार्दासम्म अन्य ३ जनाको सनाखत हुनसकेको छैन।६५ जनाभन्दा बढी यात्रु बोकेर आएको उक्त बस १२ बजेपछि बलेफी–४ छातिखोलास्थित राजभण्डारी भोजनालयमा खाना खुवाएर काठमाडौंतर्फ लाग्दा करिब १० किलोमिटर पर सुकुटेनजिकै पुगेर दुर्घटनामा परेको हो।
दुर्घटनास्थलमा भेटिनुभएका स्थानीय प्रत्यक्षदर्शी प्रकाश खड्काका अनुसार तीव्र गतिमा आइरहेको उक्त बस अचानक सडकबाट उछिट्टिएर एक बल्ड्याङ खाँदै खोलामा खस्यो। बस खसेपछि स्थानीयबासी उद्धारमा जुटे। नजिकैको सुकुटे बिच रिर्सोट, भोटेकोसी रिर्सोटबाट बोट लिएर र्याफ्टिङ गाईडहरू उद्धारमा खटिएका थिए।याे खबर समाचारपत्रमा छ ।




प्रतिक्रिया