काठमाण्डु – नेपाली कांग्रेसले पूर्वकेन्द्रीय कोषाध्यक्ष, पूर्वअर्थराज्यमन्त्री तथा भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायलाई कारबाही गरेको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा कपिलवस्तुका नेता उपाध्यायसहित १ सय ७९ जना नेता तथा कार्यकर्तामाथि कारबाही गरेको छ।
कारबाहीमा उपाध्याय पुत्र तथा युवा नेता आशीष शर्मा पनि परेका छन् । केन्द्रीय अनुशासन समितिको निर्णयअनुसार पार्टीको विधान, नीति तथा अनुशासनविपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै उनीहरूमाथि कारबाही गरिएको हो।
कारबाहीमा परेका उपाध्याय पुत्र शर्मा गत निर्वाचनमा नेपाली कांग्रेसबाट कपिलवस्तु क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार भई रास्वपा उम्मेदवारसँग कम मतले पराजित भएका थिए । उपाध्याय कांगेसको सक्रिय राजनीतिबाटछ विश्राम लिएका छन् ।
अनुशासन समितिले पार्टी संगठनको अनुशासन, विधान र निर्णयविपरीत हुने गतिविधिलाई आधार बनाएर कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
कारबाहीमा परेका नेता-कार्यकर्ताको नाम, उनीहरूमाथि लगाइएको आरोप र कारबाहीको प्रकृतिबारे भने केन्द्रीय अनुशासन समितिको निर्णयअनुसार थप विवरण सार्वजनिक हुने जनाइएको छ।




प्रतिक्रिया