गुठी संस्थान स्थापनाको ५६ वर्ष : खर्च धान्न नसक्ने स्थितिमा

गुठी संस्थान स्थापनाको ५६ वर्ष : खर्च धान्न नसक्ने स्थितिमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- गुठी संस्थान स्थापनाको ५६ वर्षसम्म आइपुग्दा गुठीको सम्पत्तिबाट खर्च धान्न नसक्ने स्थितिमा पुगेको संस्थानले जनाएको छ ।

संस्थानले जग्गा अतिक्रमणमा, जग्गा भाडामा लगाउन समस्या, भाडामा लिनेले भाडाबापतको रकम नतिरेको र बैंकको अस्थिर ब्याजदरका कारण वार्षिक आम्दानीको रकमबाट जात्रा पर्व सञ्चालन, देवस्थलका महन्थ पुजारी तथा कर्मचारीलाई खर्च भुक्तानी गर्न नसक्ने स्थिति आएको संस्थानले जनाएको छ ।

आफ्नो स्वामित्वमा रहेका लाखौं रोपनी जग्गा भाडामा लगाउँदासमेत खर्च धान्नै मुस्किल परेको संस्थानको भनाइ छ । संस्थानका अध्यक्ष नारायण चौधरी देशका ६९ जिल्लामा संस्थानको स्वामित्वका जग्गा रहेको बताउँछन् । संस्थानको स्वामित्वमा १४ लाख ५० हजार रोपनी जग्गा रहेको उनको भनाइ छ ।

जानकारहरू संस्थानले आन्तरिक व्यवस्थापन चुस्त बनाउन नसक्दा यस्तो समस्या आएको बताउँछन् । संस्थानसँग आफ्नो स्वामित्वमा रहेका सम्पत्तिको अधावधिक लागत र सम्पत्तिको अवस्थाबारेसमेत जानकारी नरहेको देखिन्छ । अध्यक्ष चौधरीका अनुसार ६९ मध्ये ३० जिल्लाको गुठी रैतानी जग्गाको लागत मात्र संस्थानसँग अधावधिक रहेको छ ।