बझाङको कालंगा हाइड्रोको सुरुङ भत्किँदा ४ जना वेपत्ता, सुरक्षाकर्मीद्धारा उद्धार जारी

बझाङको कालंगा हाइड्रोको सुरुङ भत्किँदा ४ जना वेपत्ता, सुरक्षाकर्मीद्धारा उद्धार जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ – बझाङको कालंगा हाइड्रोको सुरुङ भत्किँदा चार मजदुर बेपत्ता भएका छन् ।

बझाङको बुङ्गल नगरपालिका–१ स्थित ७५ मेगावाट क्षमताको कालंगा हाइड्रोको काम गर्ने क्रममा आइतबार दिउँसो करिब ३ बजे ३ वटा ट्याक्टर र एक जिपसहित सुरूङभित्र पसेका उनीहरु अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डीएसपी गणेशबहादुर बमले जानकारी दिए ।

काम गर्ने क्रममा सुरुङ भत्किएर चारै जना भित्र थुनिएको र उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । सम्पर्कविहीन हुनेमा दैलेखका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी रहेका छन् ।

घटनास्थलमा पुगेका नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरिरहेका छन् ।