काठमाडौं – अमेरिकाका लागि डिभी भर्ने अन्तिम म्याद भोलि रहेको छ । एक महिना अघिदेखि खुलेको अमेरिकी डाइभर्सिटी भिसा (डिभी)को सन् २०२१को आवेदनको म्याद भोलि नोभेम्बर ५ को राति १०ः४५ बजेबाट सकिने भएको हो ।
अमेरिकी दूतावासले अमेरिकी विदेश मन्त्रालयको वेवसाइटमा गएर सोझै आफैंले डिभी भर्न सकिने जनाउँदै निःशुल्क रुपमा आवेदन दिन सकिने र कन्सल्टेन्सीमा जानु जरुरी नरहेको भन्दै सूचित गरेको छ । यसपालि आवेदनका लागि राहदानी पनि अनिवार्य चाहिने व्यवस्था गरिएको छ ।




प्रतिक्रिया