काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सात वटै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले भागबन्डाकाआधारमा प्रदेश प्रमुख नियुक्त गरेको छ ।
बैठकको निर्णयअनुसार ७ मध्ये ४ वटा प्रदेशप्रमुख पूर्व एमाले र ३ वटा पूर्व माओवादी केन्द्रले पाएको छ ।
पूर्व एमालेका तर्फबाट धर्मनाथ यादव (सिरहा), सोमनाथ अधिकारी ‘प्यासी’ (काश्की) , विष्णु प्रसाई (झापा)र गोविन्द कलौनी(डडेलधुरा) तथा पूर्व माओवादी केन्द्रबाट अमिक शेरचन(चितवन), तिलक परियार (बाँके)र शर्मीला त्रिपाठी(काठमाडौं) प्रदेश प्रमुख बनेका छन् ।
प्रदेश प्रमुख को कहाँ ?
प्रदेश १ः सोमनाथ प्यासी
प्रदेश २ः तिलक परियार
प्रदेश ३ः बिष्णु प्रसाई
गण्डकीः अमिक शेरचन
प्रदेश ५ः धर्मनाथ यादव
कर्णालीः गोविन्द कलौनी
सुदूरपश्चिमः शर्मिला त्रिपाठी
को हुन् सरकारले नियुक्त गरेका प्रदेश प्रमुख ?
चितवनका शेरचन पूर्वउपप्रधानमन्त्री समेत हुन् । एक समय जनमोर्चा नेपालका अध्यक्षसमेत रहेका शेरचन माओवादी हुँदै अहिले नेकपामा सक्रिय थिए ।
प्रदेश प्रमुखमा सिफारिस भएका सिराहाका यादव नेकपाका केन्द्रीय सदस्य समेत हुन् । प्रसाई मेचीनगर नगरपालिकाको मेयरको उम्मेदवार थिए ।
यस्तै चितवनकी त्रिपाठी तत्कालीन माओवादीसम्वद्ध वेपत्ता परिवार समाजको अध्यक्ष हुन् । उनका श्रीमान ज्ञानेन्द्र त्रिपाठीलाई सशस्त्र विद्रोहको समयमा राज्यपक्षले वेपत्ता पारेको थियो ।
पूर्वसभासदसकेत रहेका कास्कीका अधिकारी प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावका लागि उम्मेदवारको दाबेदार थिए । बाँकेका तिलक परिवार पूर्वसभासद हुन् ।
शिक्षण पेसा छोडेर राजनीतिमा आएका कलौनी सुदूर पश्चिम क्षेत्रका पूराना वामपन्थी नेता हुन् । कलौनी २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धामा उत्रिएका थिए । तर, उनी देउवासँग पराजित हुन पुगे ।
कलौनी २०५६ को चुनाव छिमेकी बैतडीबाट लडे । २०६४ को संविधान सभामा उनी कञ्चनपुरबाट उठे । तर उनले कहिल्यै जित हात पारेनन् ।
२५ वर्षअगाडि देउवासँग हारेका कलौनी अन्ततः संवैधानिक पदमा पुग्न सफल भए ।




प्रतिक्रिया