बझाङ – बझाङको कालंगा हाइड्रो पावरको सुरुङभित्र फसेका मजदुरमध्ये तीनजनाको शव प्रहरीले निकालेको छ । थप एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बझाङ जिल्लाको बुङ्गल नगरपालिका–२ दाडिम दहबगरमा रहेको कालंगा जल विद्युत्को निर्माणाधीन इनलेट सुरुङभित्र चार जना कामदार आइतबार दिउँसोदेखि फसेका थिए। प्रहरी र स्थानीयले हिजैदेखि उद्धार प्रयास गरेपनि सफल हुन सकेनन् ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले सशस्त्रको विशेष उद्दार टोलीले सुरुङको ६ सय मिटर भित्रबाट तीनजनाको शव निकालेको बताए । उनले सुरुङमा फसेका थप एकको खोजी भइरहेको बताए ।




प्रतिक्रिया