महराको बहस सकियो, केहीबेरमा आदेश आउने

महराको बहस सकियो, केहीबेरमा आदेश आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिएको छ ।

महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गरेर भन्नेबारे जिल्ला अदालत काठमाडौंमा आइतबार बहस सुरू भएको थियो ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आज चार जना सरकारी वकिलले बहस गरेका थिए ।

काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल तथा सहन्यायाधीवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधीवक्ता उमाकान्त पौडेल र हरि रेग्मी तथा सहजिल्ला न्यायाधीवक्ता सृजना ढकालले पीडितको पक्षबाट बहस गरे ।

महराका पक्षबाट वरिष्ठ अधिवक्ता लव मैनाली, पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठलगायतले बहस गरेको जिल्ला अदालतका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । अब केहीबेरमा आदेश आउने उनले बताए ।

महराको बयान गत शुक्रबार सकिएको थियो । बयानमा उनले पीडितको घर नजिकै पुगेको तर पीडितलाई भने नभेटेको बताएका थिए ।

सरकारी वकिल कार्यालयले उनलाई जबरजस्ती करणी गरेको कसुर गरेको भन्दै बिहीबार अदालतमा मुद्दा दायर गरेको थियो ।